आज विश्वकर्मा पूजा ः मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ ।

भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ ।

यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।

महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ ।

हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रुपमा लिने गर्दछन् । शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए ।

उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ