आजको मौसम ः बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसका कारण अहिले मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी लगायत अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित वर्षा पनि भइरहेको छ ।

आज, दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थान चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सफादेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

यस्तै, आज राति बागमती प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ