आजको मौसम : तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो 

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडांै । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशको मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको छ ।  तराईका अन्य धेरै स्थानहरूमा पनि हुस्सु–कुहिरो लागेको अवस्था छ ।  हाल पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।  

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो  लागेको छ ।

दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम मुख्यतः सफा रहने महाशाखाको पूर्वानुमान छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
52%
6 km/h
शुक्र
18 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ