म्यानमार भूकम्प पीडितका लागि एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक — हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकहरूलाई लक्षित गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्याण्ड (NRNA-NCC Thailand) ले संकलन गरेको राहत रकम सफलतापूर्वक हस्तान्तरण गरिएको छ।

थाइल्याण्डमा रहेका नेपाली समुदायबाट संकलित THB 53,854 (अर्थात् ७,१००,६४२ म्यान्मार क्याट) बराबरको राहत सहयोग म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा बैंकमार्फत पठाइएको छ।

यस मानवीय राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति एनआरएनए थाइल्याण्डले गहिरो आभार प्रकट गरेको छ। विशेष रूपमा, अभियानको समन्वय, व्यवस्थापन र कार्यान्वयनमा विकी पोखरेल र हिमालयन पौडेल (कालु) ज्यूहरूले देखाएको अग्रसरता उल्लेखनीय रह्यो।

यसैगरी, वितरण कार्यमा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, माण्डले शाखा र यससँग आबद्ध सम्पूर्ण पदाधिकारी तथा सदस्य वर्गको सक्रिय सहयोगका कारण राहत सहयोग प्रभावकारी रूपमा लक्षित समुदायसम्म पुर्‍याउन सम्भव भएको एनआरएनए थाइल्याण्डले जनाएको छ।

संघका संयोजक सञ्जय ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “संकटको घडीमा देखिएको तपाईंहरूको उदारता, ऐक्यबद्धता र मानवीय संवेदनशीलता अत्यन्त प्रेरणादायी र सराहनीय छ। हामी सबैको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो पहल गरिएको हो।”

एनआरएनए थाइल्याण्डले आगामी दिनहरूमा पनि विपद् पीडितका लागि सहयोग जुटाउने र मानवीय सेवामा जुटिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ