टिआरसी विधेयक पीडितमैत्री छः गृहमन्त्री लेखक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढि कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताएका छन् । 

आज (शनिबार)  ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन् ।

उनले  भने, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप  भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्दका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्दको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौं भने बलात्कारलाई देशमा कम गर्न सक्छौं ।’

साथै उनले अहिलेको विधेयक पीडितमैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताए । यस्तै गृहमन्त्रीले कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए । उनले  पीडकको पीडा पीडितले मात्र बुझ्ने दावी गरे ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ