पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ्ग गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहिबार राती करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोहि गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

उनीहरुले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र ब्यबहार सम्बन्धी कसुर अपराधमा पांच दिनको म्याद थप भै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ