कास्कीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा, चैत १८ गते। पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालकसहित १० जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुवै जना पुरुष रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो।

उहाँका अनुसार घाइतेमध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकी ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीको थामडाँडामा तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भएर झण्डै चार सय मिटर तल खसेको उद्धारमा खटिएका पत्रकार भानु ढकालले जानकारी दिनुभयो।

ढकालका अनुसार स्थानीय र प्रहरीको पहलमा घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालमा ल्याइएको थियो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ