बारामा कार र ट्रिपर ठोक्किदा दुईको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । बाराको भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर  र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नाम नखुलेका कार चालक एक जना र सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित  पथलैया–निजगढ सडकखण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कारलाई ठक्कर दिने ट्रिपरका चालक फरार रहेकालाई खोजी भईरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ