नक्कली प्रहरी बनेर लुटपाट गर्दै हिँड्ने दुई जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका–३ का ३१ वर्षीय हिरालाल तामाङ छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

चैत २ गते बिहान १० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ यज्ञमार्टको क्याफेमा चिया खाइरहेका व्यक्तिलाई उनीहरुले लुटपाट गरेको परिसरका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।

चिया पिइरहेका सप्तरीका विजय गोइतलाई उनीहरुले आफूहरु प्रहरी भएको बताउँदै लुटपाट गरेको आरोप छ । गोइतलाई सुनको अवैध कारोबार गरेको भन्दै धम्क्याएर जाँच गर्ने निहुँमा ४० हजार नगद र उनको कोठाबाट सुनको औठी र बिल समेत लुटेको आरोप छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
haze
24° _ 24°
53%
4 km/h
बुध
24 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ