मोटरसाइकल दुर्घटनामा एमबिबिएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

वीरगंज । बीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबिबिएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना एमबिबिएसमा अध्ययनरत विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो । 

वीरगंजको भिष्वाबाट भेडियाहीतर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई सो दुर्घटना भएको स्थानीय बासिन्दाले जनाएका छन् । 

दुर्घटनामा वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत धनुषाका सुमित यादव र बारा सुवर्णपुरका संजित यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ