डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जना काभ्रेका युवा काठमाण्डौबाट पक्राउ परेका छन् ।

‘नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काभ्रेका दुई युवा काठमाण्डौको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले उक्त नक्कली फेसबुक आइडीमार्फत पोखराका एक जनालाई डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ६ लाख एक हजार नौसय ५५ रुपैयाँ ठगेको आरोप प्रहरीले लगाएको छ ।

कास्की प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
haze
25° _ 25°
53%
5 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ