रुकुम पश्चिम । नेकपा एमाले जिल्ला कमिटि रुकुमपश्चिमले भूकम्प प्रभावितको राहत विवतरण प्रभावकारी नभएको जनाएको छ ।
जाजरकोट—रुकुम भूकम्पले जिल्लामा पारेको प्रभावलाई नजर अन्दाज नगरि सरकार पक्षका पार्टीका मानिसहरुमा राहत केन्द्रीत भएको भन्दै एमाले जिल्ला कमिटिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटाले गत कार्तिक १७ गतेको विनासकारी भूकम्पमा प्रभावित सबैलाई न्यायीक रुपमा राहत उपलव्ध गराउन माग गर्नुभएको हो ।
एमाले जिल्ला कमिटिले ११ बुदे माग सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा भूकम्प पिडितहरुको नाममा आएको राहत वास्तविक पिडितले नपाइ सरकार नजिकका व्यक्तीहरुले मात्रै प्राप्त गर्ने कुरा रोकी वितरण कार्य पक्षपात रहित समान तरिकाले गर्न माग गरेको छ ।