कांग्रेसका विरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्छः एमाले उपाध्यक्ष पौडेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी कांग्रेसले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपमा लिखित तथा सार्वजनिक माफी नमागे चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी माग्नुपर्ने बताउनुभयो ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निस्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाविरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताउनुभयो । उहाँले कांग्रेसले आफ्ना अभिव्यक्तिहरुबाटपछि हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा गर्ने बताउनुभयो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ