गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा : एमाले अध्यक्ष शर्मा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ, ‘‘जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं ।’’

नेपाली नागरिकले अधिकार प्राप्त गरेको दिनका रूपमा गणतन्त्र दिवसको स्मरण गर्दै उहाँले सबै नेपाली दिदीबहिनी, दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले हामीले अधिकार प्राप्त भएसँगै कर्तव्य पनि भुल्न नहुने बताउनुभएको छ । उहाँले आजको दिन एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन भएको शुभकामनामा उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले शुभकामनामा भएको छ–‘‘आज गणतन्त्र दिवस । एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन । गणतन्त्र दिवसको सबैलाई शुभकामना !

आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ ।

जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं । सबैलाई शुभकामना !’’

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
82%
1 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ