काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक पुस २१ र २१ गते बोलाएको हो ।
बैठकले केन्द्रीय कमिटीका चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन केन्द्रीय कमिटीका एजेण्डा तय गरेको छ ।
यसैगरी बैठकले सरकारको समीक्षा गरेको छ । समीक्षामा विगत पाँच महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरेको छ ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको जानकारी दिए ।
अर्थतन्त्रमा सुधार आएको, सेयर बजार बढेको, संक्रमणकालीन विधेयक अघि बढेको, सरकारको बाह्य सम्बन्ध सञ्चालनमा सरकार सुधार भएको पनि एमालेको निष्कर्ष छ । त्यस्तै सहकारी ठगीमा सरकारले कसैको मुख नहेरी कारबाही प्रक्रिया अघि बढेकोमा पनि एमालेले सकारात्मक भनेको छ ।
यसैगरी केन्द्रीय कमिटी बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो । साथै सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनासम्मको लागि जिम्मेवारीबाट हटाएको छ ।
एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणको जिम्मेवारी खोसियो
Recent Visitors: 12
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1
यो लेख साझा गर्नुहोस्
समीक्षा छोड्नुहोस्