पर्वतारोहीहरुलाई एमालेको सम्मान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गर्नुभएको हो ।

उहाँले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल ६ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गर्नुभएकी पूर्णिमा श्रेष्ठलगायत पर्वतारोहीलाई खादा लगाई सम्मान गर्नुभयो ।

अध्यक्ष ओलीले सन् १९५० मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रेन्च नागरिक मौरिस हर्जोगलाई भेटेर सम्मान गर्न आफू पेरिस गएको स्मरण गर्दै पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताउनुभयो ।

कार्यक्रममा एमालेका सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० का अध्यक्ष विनोद श्रेष्ठलगायतको सहभागिता थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ