उपेन्द्र यादव मलेसिया जाँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन् । आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव शनिबार मलेसिया जान लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् ।

सो अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ ।  विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ ।

अध्यक्ष यादवसहितको टोली जुन ३ तारिखमा स्वदेश फर्कने बताइएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
72%
2 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ