नदीमा बहाव बढ्दो, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । लगाताको मनसुनि वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । अहिले देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ र दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
53%
6 km/h
बुध
21 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ