राजनीतिक दलहरुको प्रचारप्रसारमा बालबालिकाको प्रयोग

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


हेटौंडा । स्थानीय तहको उपनिर्वाचन चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झण्डा र लाउडस्पिकर बोकाएका छन् ।

प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला पारेर नेकपा माओवादी केन्द्रले बालबालिकालाई प्रयोग गरेका हुन् ।
हेटौंडा १२ मा नेकपा माओवादी केन्द्रले घरदैलो अभियानमा आएका एक ८ वर्षीय किशोरले रमाइलोका लागि प्रचारप्रसारमा आएको बताए ।
‘स्कुल बन्द छ, गाउँभरका सबै मान्छे घुम्न आए, त्यही भएर रमाइलो गर्न साथीसँग आएका हौँ, यस्तो गर्नु हुँदैन भन्ने थाहा भएन, अरुले जस्तै झण्डा बोकियो, टिसर्ट लगायौँ,’ उनले भने ।
यसअघि नेकपा एमालेले पनि हेटौंडा १२ मा विभिन्न स्थानमा निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको थियो । अहिलेसम्म हेटौंडा–१२ बाट यस्तोबारे उजुरी केही नआएको मुख्य निर्वाचन अवानी मैनाली भट्टराईले बताए ।
‘यसबारे दलका प्रतिनिधिसँग संवेदनशील रुपमा आवश्यक छलफल भइरहेको छ, यसबारे केही उजुरी भने आएका छैनन्,’उनले भने ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
46%
7 km/h
शनि
20 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ