‘नेपालका विश्वविद्यालयहरु भर्ती केन्द्र र नियुक्तिको भागबण्डाका अखडा जस्तो मात्रः डा. तोसिमा कार्की

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः
शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल भएको छ ।

शुक्रबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल भएको हो । छलफलमा पूर्वसञ्चारमन्त्री रेखा शर्माले प्रतिष्ठानहरुमा नियुक्ति गर्दा सोच विचार गरेर पछिल्लो समय बिग्रिरहेको राजनीतिलाई पनि ट्र्याकमा ल्याउने खालको व्यक्तिलाई गर्नुपर्ने बताइन् । साथै पदपूर्ति समिति बनाउँदै गर्दा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्ने उनको भनाई छ ।

उनले भनिन्,‘यस्तो नियुक्तिमा अलि बढी व्यवसायिक हुनुपर्यो । काम गर्नसक्ने मान्छे ल्याउनुपर्यो । पछिल्लो समय हाम्रो राजनीति बिग्रिरहेको छ, त्यसलाई पनि ट्रयाकमा ल्याउन सक्ने व्यक्तिले अवसर पाउनुपर्छ । त्यही खालको पदपूर्ति समिति हुनुपर्छ । यसमा अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नुपर्छ । कस्तो खालको पदपूर्ति समिति बनाउन ठिक हुन्छ भन्ने सोच्नुपर्छ । त्यसले राजनीतिक विकृति पनि रोक्न सकोस् ।’

त्यस्तै रास्वाकी सांसद तोसिमा कार्कीले नेपालका विश्वविद्यालयहरु भर्ती केन्द्र र नियुक्तिको भागबण्डाका अखडा जस्तो मात्र भएको टिप्पणी गरिन् ।

उनले भनिन्,‘नेपालका युनिभर्सिटीहरु खाली भर्ति केन्द्र जस्तो मात्र हुने, नियुक्तिको भागबण्डा मात्र हुने गरेका छन् । विद्यार्थीहरुलाई थेसिस र अनुसन्धान गराउने तर सरकारले त्यसलाई कहिँपनि अनुमोदन नगरिदिने र उपयोग पनि गर्न नसकेको अवस्था छ ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ