प्रतिनिधि सभाको बैठक, विभिन्न विधेयक प्रस्तुत हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ ।

साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० संसदमा प्रस्तुत गर्नेछन् । सरकारले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

आजकै बैठकमा आ।व। २०८१—०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक का विषयमा छलफल सुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
few clouds
11° _ 11°
100%
1 km/h
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
24 °C
बिहि
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ