सांस्कृतिक र आध्यात्मिक जागरणमा महायज्ञले टेवा पुग्छ : उपराष्ट्रपति यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सिरहा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताउनुभएको छ ।

उहाँले मधेश प्रदेशको सिरहा नगरपालिका–१४, खिरौना नवटोलीमा श्री रामजानकी महायज्ञ समितिद्वारा आयोजित ‘श्री श्री १०८ श्री रामजानकी महायज्ञ महोत्सव’ को बुधबार समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।

उहाँले महायज्ञबाट सम्पूर्ण आम नागरिकमा आन्तरिक आध्यात्मिक चिन्तनको प्रस्फुटन गर्दै परस्पर मैत्रीभाव, अपनत्वभाव, भाइचारा, मेलमिलाप र भ्रातृत्वभाव पनि बढ्ने जानकारी दिनुभयो ।‘‘महायज्ञ, धार्मिक अनुष्ठानलगायतबाट मानव जीवनमा प्रादुर्भाव हुने अलौकिक आध्यात्म शक्ति तथा धार्मिक चिन्तनले व्यक्तिलाई सही र असल मार्गमा डोर्याउन सघाउँदछ ।

उहाँले द्रुत प्राविधिक विकास र सामाजिक परिवर्तनको यो युगमा, विश्वले शान्ति सङ्कटको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै वैज्ञानिक प्रविधिहरुले हामीलाई एकआपसमा नजिक ल्याएपनि आजको मानव सभ्यता चिन्ता, अवसाद जस्ता मनोविक्षिप्तता र अनेकौं जटिल मनोविकृतिबाट सिर्जित समस्याहरुसँग लड्न बाध्य पनि बनाएको बताउनु भयो ।

उहाँले कुबुद्धि, कुविचार, दुर्गुण तथा दुष्कर्महरुले युक्त व्यक्तिहरुको मनोभूमिमा पनि यज्ञले व्यापक सुधार ल्याउन सहयोगी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
77%
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ