गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासकाे मत

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो ।

पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी(नेसपा)का सांसद फणीन्द्र देवकोटाले मत दिनुभएको हो ।

पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ ।सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे प्रदेश सरकारको स्थिरता, संविधान कार्यान्वयन र रक्षाका लागि विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

एक वर्षमा चार पटक नेतृत्व फेरिँदा आक्रोश बढेको उल्लेख गर्दै उहाँले बृहत् राजनीतिक सहमति आवश्यक भएको सदनमा बताउनुभयो ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दल एउटा भोट अर्काे ठाउँमा जाने विकृत अवस्था आउन नहुनेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा जोगाउनैपर्नेमा जोड दिनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ