मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली पुनः सुचारु गर्ने निर्णय गरेको छ ।

आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा वैशाख २५ गतेदेखि र बाँकी सबै जिल्लामा सोमबारदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साबिकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको छ ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रिरजिष्ट्रेशन प्रणाली मार्फत् आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साबिकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको प्रवक्ता पौडेलको भनाई छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
100%
2 km/h
बुध
19 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ