‘राष्ट्रिय निकुञ्ज सम्बन्धी समस्याहरुमा गम्भिर भएर लागेका छौं’

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज सम्बन्धी समस्याहरुको समाधान दिने हिसाबले लागेको बताएका छन् ।

सोमबार समितिमा आयोजित छलफलमा उनले अध्ययन गरेर नीति, ऐन र सहायक ऐनहरु निर्माण गर्ने कुरामा गहिरो तरिकाले लागेको भन्दै यसमा चिन्ता नलिन आग्रह गरेका छन् ।

उनले भने, ‘नीति परिमार्जित गर्ने, कानून बनाउने त्यो कानूनले काम गरेको छ कि छैन् भनेर गहिरो ढङ्गले अध्ययन गरेर नीति त्यो अनुसारको ऐन र ऐन अनुसार सहायक ऐनहरु निर्माण गर्ने कुरामा पनि हामीले अलि बढि ध्यान दिनुपर्छ भनेर गहिरो तरिकाले लागेका छौ । यसमा चिन्ता गर्नुपर्दैन्, हामीले यसलाई बिगार्दैनौ । समस्याको समाधान दिने हिसाबले नै हामी लागेका छौ । यसमा सबैको सहयोग आवश्यक छ ।’   

यसको साथै, उनले यस विषयमा सम्भव भएसम्म सबैसँग छलफल गरेर अगाडि बढ्ने भन्दै समस्या समाधानको काम अन्तिममा पुगेको बताए ।

उनले भने, ‘राष्ट्रिय निकुञ्जको विषय फरक भएको कारणले नै यसलाई छुट्टाइएको हो नभए वनमा नै जान्थ्यो होला । हामीले अध्ययन सुरु गरेको विषय समस्या नभएर समस्या बनाउन खोजेको होईन्, समस्या भएर नै विषयवस्तु उठेको हो । हामीले समस्या समाधानको विषय खोजी रहेका छौ । यो खोजीको काम अन्तिममा पुगेको छ । सम्भव भएसम्म सबैसँग छलफल गरेर यसलाई समाधान गर्ने छौ ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ