सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौँ, सुन्धारा घटनामा प्रतिरक्षा भएको हो – पाण्डे,

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । महानगर प्रहरी बल, प्रमुख सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताउनुभएको छ ।

घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर हुनुभएको उहाँको भनाइ छ । त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौँ । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए ।

प्रहरी बलका प्रमुख पाण्डे भन्नुहुन्छ, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने वित्तिकै आक्रमण भयो ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ