मौसम पूर्वानुमान : आज यी ठाउँमा हुनेछ मध्यमदेखि भारी वर्षा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाका साथै अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ