मंगलबारदेखि लगातार बढेको सुनको मूल्य आज (शुक्रबार) भने घटेको छ।
मंगलबारदेखि बढ्दै बढ्दै बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज १ हजार घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भइरहेको छ।
आज अन्तरराष्ट्रिय बजारमा भने प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।