समाजवादी मोर्चाको बैठक बस्दै, एजेण्डा के ?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ ।

बैठक बिहान ८ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ । यस्तै बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
83%
3 km/h
शनि
24 °C
आइत
28 °C
सोम
30 °C
मंगल
32 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ