कोशीमा पहिचानको मुद्दा उठिरहेको बेला, अध्यक्ष ओलीले भने: हाम्रो मूख्य पहिचान नेपाली हो !

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीमा पहिचानको मुद्दा उठिरहेको बेला मूख्य पहिचान नेपाली भएको बताउनुभयो ।

धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन” उहाँले भन्नुभयो “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो ।

यो ठूलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रंदैन । एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिंदैन । बहुजाती बहुभाषिक नेपाली हौं, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौं, त्यो पहिचान हो ।” ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिवद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने बताउनु भयो ।

उहाँले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको दावी गर्नुभयो ।

इलाममा आयोजित निर्वाचन विजयी सभामा एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्छ । एमालेको नेतृत्वमा नै देशको विकास हुन्छ” उहाँले भन्नुभयो ।

निर्वाचनताका सुहाङलाई विपक्षी नेताहरुले ‘राजाको छोरो’ भनेर टिप्पणी गरेकोप्रति उहाँले गुनासो गर्नुभयो । देशको हितका लागि विकासका लागि भोलिका दिनमा अन्य पार्टीसँग पनि सहकार्य हुन सक्ने उहाँको बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ