प्रविधिको विकाससँगै रेडियोको प्रभावकारिता बढ्दै: मन्त्री रेखा शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रविधिको विकाससँगै रेडियोको प्रभावकारिता समेत वृद्धि हुँदै आएकाले रेडियो नेपाल जनताको साथीको रूपमा विकास हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

रेडियो नेपाल ७४ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले ९३ प्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुगेको छ अत्ब शतप्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुर्‍य ाउँदै मेलापात र गोठालोको साथी रेडियो नेपाल: बन्नुपर्ने उहाँले बताउनुभयो ।

मन माटोलाई जोड्ने खालका कार्यक्रमहरूको विकास गर्नु जरुरी भएकाले जनताको इच्छा र परिवर्तनकारी कार्यक्रमहरू ल्याउन उहाँले सम्बोधनकै क्रममा रेडियो नेपाललाई निर्देशन दिनुभयो ।

प्रतिस्पर्धी युगमा समय सुहाउँदो प्रविधिको प्रयोग बढाउँदै समाचार र प्रसारण सामग्रीलाई प्रभावकारी बनाउनुमा कन्जुस्याइँ गर्न नहुने र यसमा मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

सरकार र जनताका बिचको पुलको काम सरकारी सञ्चार माध्यमले गर्नुपर्नेमा जोड दिन उहाँले बताउनुभयो । प्रादेशिक प्रसारण समय बढाउनुपर्ने, बहुभाषिक र बहुधार्मिक कार्यक्रमले समावेशितालाई पूर्णता दिएको उहाँको भनाइ छ ।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकाबद्ध गर्दै सार्वजनिक प्रसारण सेवा रूपान्तरण गरेर थप प्रभावकारी रूपमा पहुँच विस्तार गर्न मन्त्रालय लागिपरेको उहाँले स्पष्ट पार्नु भयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ