महासंघको निर्वाचन तालिका सार्वजनिक भएसँगै पत्रकारलाई चुनाव लाग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक भएसँगै पत्रकारलाई चुनाव लागेको छ । महासंघले हिजो तालिका सार्वजनिक गरेसँगै आज बिहानैदेखि पत्रकारहरुका विभिन्न संगठनहरुले छलफललाई अघि बढाएका छन् । लामो समयको विवादपछि पत्रकार महासंघले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका अनुसार असार १३ गते उम्मेदवारी र २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका रहेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेसँगै पत्रकारलाई अब चुनाव लाग्ने छ । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तय गरिएको छ । 

उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने उल्लेख छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिने जनाइएको छ । 

यस्तै, उम्मेदवारको नामावलीउपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म गर्ने तय गरिएको छ । असार १० गतेसम्म मतदाता नामावलीउपर दावी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ