समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नु पर्छ: यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताउनुभयो ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष यादवले उत्पीडित नेपाली जनताको बलिदानी र सङ्घर्षले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभएको पार्टीको प्रचारप्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

मुलुकमा विद्यमान भेदभाव, अशिक्षा, गरिबी, बेरोजगारीलगायतका समस्याबाट मुक्ति दिलाउने हामी सबैको कार्यभार भएको उहाँले बताउनुभयो । उक्त अवसरमा सर्लाही हरिपुरका सुशील महराको नेतृत्वमा करिब एक सय युवा जसपा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा र अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको पहलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ