काठमाडौं । तत्कालिन शसस्त्र द्वन्द्वका क्रममा माओवादीबाट मारिएका रुकुमका यदु गौतम परिवर्तनको राजनीतिका एक योद्धा थिए । माओवादीबाट वि.स. २०५५ साल फागुन २१ गते मारिए ।
तत्कालिन समय नेकपा एमाले रुकुम जिल्ला कमिटीको सचिव रहेका गौतमले त्यसक्षेत्रका विषयलाई पत्रकारिताको माध्ययबाट समाजमा सूचना प्रवाह गरिरहेका थिए । विद्रोहको राजनीतिमा होमिएको तत्कालीन माओवादीले चुनाव प्रचार र सङ्गठन निर्माणको सिलसिलामा २०५५ साल फागुन २१ गते गरायला गाविस वार्ड नं. ७ को मेघा भन्ने ठाउँमा पुगेका समयमा निशाना बनायो ।
त्यो दिन गौतम परिवार मात्रै नभइ सिंगो रुकुमबासी र एमाले पार्टीकालागि कालो दिन बन्यो । बुवाको स्मृतिमा भावुक बनेकी छोरी सुजता गौतमले भन्दै थिइन म आजको दिन बोल्न सक्दीन हिंसाको राजनीतिक त्यागेका माओवादी पार्टीलाई देख्दा आजपनि डर लागेर लाउछ । समाज परिवर्तनकालागि कलम चलाइरहेका आफ्ना बाबुको एमाले भएकै कारण मारिनु उनकालागि सहनसक्ने विषय थिएन । उनि सानै भएकाले बुवाको हत्या किन, कसरी भन्ने हेक्का पनि भएन । विस्तारै ठुलो हुदै गर्दा घटनाका विषयमा जानकारी हुदै गयो । अहिले पनि त्यो घटना उनिलाई सम्झीन चाहाना छैन ।
काठमाडौंको थापागाउँमा यदु स्मृति प्रतिष्ठान र रुकुम काठमाडौं मञ्जले आयोजना गरेको सभामा गौतमकी छोरी सुजताले आफुजस्तै अन्यायमा परेका परिवारलाई राज्यले न्याय दिन नसकेको बताइन । उनले यो भन्दै गर्दा काठमाडौंको कार्यक्रममा सहभागि गौतमका ९७ बर्षिय बुवाले नातिनीको अनुहार हेर्दै थिए ।
द्वन्द्वका समय घटना भए पनि यसलाई माओवादीले स्वभाविक मान्न सकेको छैन, २०७४ सालमा गौतमको स्मृतिमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा शहीदको फोटोमा माल्यार्पण गर्न प्रमुख वक्ताका रुपमा पुगेका थिए । उनले त्यो समय यदुसँगका धेरै क्षणहरु स्मरण गरे ।
यदु माओवादी विद्यार्थी संगठनमा महासचिव थिए । यदु जेल पर्दा जनार्दन दिनमा चारपटक सम्म भेट्न जान्थे । पछि यदु माओवादी छाडेर एमाले भए । तर, उनीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको स्मरण गर्दै जनार्दनले यदुको हत्या माओवादी आन्दोलनका गम्भीर भूल भएको स्वीकार गरेका थिए ।
त्यस यता माआवादी केन्द्र सत्तामा धेरै पटक पुग्यो तर,गौतम परिवारले अझै न्याय पाएका छैनन् । आज फागुन २१ गते फेरी एक पटक रुकुमले गौतमलाई सम्झीयो । काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले गौतमको हत्या पार्टी र देशकालागि ठुलो क्षति भएको बताए ।
गौतमको हत्या तत्कालिन माओवादीको कायरताःसांसद विश्वकर्मा
रुकुम पश्चिम एमाले प्रतिनीधिसभा सदस्य चन्द्र बहादुर बिश्वकर्माले एक असल व्यक्तीत्व हामीमाझ नभएको आभास हुने बताउनुभयो । उहाँले गौतमको हत्या अमानवीय र अर्थहिन रहेको भन्दै त्यसले ठुलो क्षति भएको बताउनुभयो । विश्वकर्माले भन्नुभयो, तत्कालीन माओवादीले एक विज्ञ र बौद्धिक व्यक्तीत्वको अन्त्यगरि आफुले विजयी प्राप्त गरेको घमण्ड गरेपनि त्यसलाई रुकुमेली जनताले माओवादीको कायरता सम्झीएको बताउनुभयो । विश्वकर्माले गौतम आफ्नो राजनीतिक गुरुका रुपमा रहेको भन्दै उहाँको स्मरण सिंगो राजनीतिले गरिरहने बताउनुभयो ।
यदु गौतमका सपना पुरा गर्ने अभिभारा रुकुमेली जनतालाई छ, नन्दराम देवकोटा अध्यक्ष(नेकपा एमाले)
नेकपा एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटाले यदु गौतमको समाजकालागि सबै भन्दा ठुलो क्षति भएको बताउनुभयो । उहाँको २५ औं स्मृतिमा थाइल्याण्ड नेपालसँग कुरा गर्दै उहाँले तत्कालीन माओवादीले विचार रुपान्तरण गर्न सक्ने व्यक्तीलाई निशाना बनाएको भन्दै गौतमको हत्या लोकतन्त्रका पक्षधरको हत्या भएको बताउनुभयो ।
हिंसाबाट त्रसित रुकुमका जनताको ओकालत गर्दै आउनुभएका गौतमको हत्यागरि माओवादीले तत्कालिन अवस्थामा आफ्नो कायरता प्रस्तुत गरेको बताउनुभयो । उहाँले गौतमले नेपाली राजनीति र रुकुमको विकासकालागि देखेका सपनाहरु साकारगर्न उहाँ आवद्ध एमाले पार्टीले पुरा गर्ने बताउनुभयो ।
सालिन व्यक्तीको हत्या, रुकुमको समृद्धिको हत्या थियोः प्रेम प्रकाश ओली (सभापति रुकुम पश्चिम—कांग्रेस)
नेपाली कांग्रेसका रुकुमपश्चिम जिल्ला सभापति प्रेम प्रकाश ओलीले यदु गौतमको हत्या हुनु त्यस समय सिंगो रुकुमको समृद्धिको हत्या हुनुजस्तै भएको बताउनुभएको छ । उहाँको २५ औं स्मृतिमा थाइल्याण्ड नेपालसँगको कुराकानीमा कानुनका विज्ञ, अधिवत्ता तथा एक सालिन व्यक्तीको हत्याले रुकुमले एक असल नेतृत्व गुमाएको आभास हुने बताउनुभयो ।
उहाँले तत्कालिन अवस्थामा उहाँले कुनै हत्या हिंसालाई नमान्ने र हत्या हिंसाको राजनीतिलाई घृणा गर्ने भएपछि तत्कालीन माओवादीको निशानामा पर्नु परेको बताउनुभयो । गौतम रुकुमको अभिभावकका रुपमा रहेको भन्दै उहाँको अवसानले नेपाली राजनीतिमा एक असल नेतृत्व गुमेको बताउनुभयो । सभापति ओलीले भन्नुभयो, गौतम एक उदाउदो राजनीतिक व्यक्तीत्व रहेको अवस्थामा माओवादीले आफ्नो कायरता प्रस्तुत गरेको दावी गर्नुभयो ।
“नेता प्रधान होइन नीति प्रधान र व्यक्ति प्रधान होइन विधि प्रधान” भन्ने विषयमा अडिक रहने एक सच्चा नेता, यदु गौतमः बिमल कुमार पुन (अध्यक्ष एकिकृत समाजवादी रुकुम पश्चिम)
एकिकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष विमल कुमार पुनले यदु गौतम “नेता प्रधान होइन नीति प्रधान र व्यक्ति प्रधान होइन विधि प्रधान”भन्ने विषयमा अडिग रहने नेता रहेको बताउनुभयो ।
गौतमको २५ औं स्मृतिमा थाइल्याण्ड नेपालसँग कुरागर्दै पुनले यदु गौतम आफ्नो सम्मानित नेता भएको बताउनुभयो । उहाँले रुकुमेली जनताको आशा र भरोसाको केन्द्र रहेको भन्दै साङठनिक र व्यक्तिगत ढङ्गबाट धेरै काम गर्ने अवसर पाएको बताउनुभयो ।
पुनले भन्नुभयो, उहाँ एक मृर्दुभाषी ,सरल, कानुनविद र राजनितीज्ञ हुनुहुन्थ्यो, उहाँले सधै निरंकुश बन्न खोज्ने, सर्वसत्तावाद लाद्न खोज्ने, हत्या हिंसाको विरुद्ध बुलन्द आवाज उठाई रहनु हुन्थ्यो पुनले भन्नुभयो ।