योगेश वैद्यको महाप्रस्थानले संगीत क्षेत्र स्तब्ध

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली सुगम संगीतका धरोहर योगेश वैद्यको महाप्रस्थानले संगीत क्षेत्र स्तब्ध बनेको छ । ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’जस्ता कालजयी गीत गाएका वैद्यले बिहीबार राति अन्तिम सास लिए ।

२०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि वैद्य एकाएक चर्चित भए । त्यतिबेला चलेको भाषिक आन्दोलनमा सक्रिय भएका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण लगायतको समर्थन थियो ।

२०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गाएपछि उनको चर्चा झनै चुलियो । ‘नेपाल मेरो उपहार भो’लाई मबीबी शाहले लेखेका हुन् । यो गीत वैद्यको आवाजमा २०२७ सालमा रेकर्ड भयो ।

२०४४ सालमा उनले रेकर्ड गराएको ‘सपना भुलाई सारा’ आजपर्यन्त मर्मस्पर्शी छ । यो गीत रेकर्ड हुँदा रचनाकार को हुन् भन्ने वैद्यलाई थाहै नभएको उनी निकट बताउँछन् । सरकारी जागिरे भएपनि संगीतप्रतिको उनको निष्ठा र मोह कहिल्यै अलग भएन ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे । संगीतमा सात दशक बिताएका वैद्यले नेपाली संगीतमा सांगीतिक पदचाप छाडेर गएका छन् ।

उनलाई नजिकबाट चिन्ने हितैषी र संगीतकर्मी वैद्यलाई कुशल गायक, गीतकारको रुपमा चिन्छन् । नेपाली मौलिक गीत(संगीतलाई अन्तर्राष्ट्रियरुपमै फैलाउनुपर्छ र छिमेकी मुलुकको संगीतको तुलनामा प्रतिस्पर्धी हुनुपर्छ भन्ने उनको सोच रहेको निकट संगीतकर्मी बताउँछन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
mist
16° _ 16°
100%
बुध
23 °C
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ