इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु, ८८ जना गम्भीर घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् ।

आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ ।

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो ।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताउनुभएको छ । घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ ।

सन् २०२१ मा भएको ‘कू’ पछि सत्ता कब्जा गरेका सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गर्नुभएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ