Ad imageAd image

थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा बैंककमा एक भव्य साहित्यिक तथा धार्मिक समारोहका बीच ‘सारगीता’ नामक पुस्तकको लोकार्पण गरिएको छ। शनिबार आयोजित उक्त विशेष कार्यक्रममा प्रवासमा रहेका नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू, साहित्यकार र समाजसेवीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जीवलाल न्यौपाने, विशेष अतिथि चर्चित लेखक युवराज नयाँघरे तथा अन्य अतिथिहरूले संयुक्त रूपमा पुस्तकको अनावरण गर्नुभएको थियो। लोकार्पण समारोहमा समाजसेवी तथा भाषिक अनुरागी डेविड खनाल, संस्कृत स्नातक सेवा मण्डलीका अध्यक्ष चुडामणि ढुङ्गेल, विश्व साहित्य महासङ्घ थाई–म्यान्मा समन्वयका अध्यक्ष अशोक घिमिरे, स्नातक मण्डलीका उपाध्यक्ष लोकनाथ तिम्सीना र सल्लाहकार राजन पौड्याल लगायतका व्यक्तित्वहरूले पुस्तकको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

त्यस्तै, समारोहमा समाजसेवीहरू आशिक सङ्ग्रौला र गोकर्ण सङ्ग्रौला, साहित्यप्रेमीहरू लोकेन्द्र ओली, कमला पोयेकर, नारायण पोयेकर, निर्मला न्यौपाने, सरस्वती न्यौपाने र प्रतिभा घिमिरे पराजुली लगायतको उपस्थिति थियो। वक्ताहरूले विदेशी भूमिमा रहेर पनि नेपाली वाङ्मय र आध्यात्मिक चिन्तनलाई जगेर्ना गर्न यस्ता कृतिहरूको प्रकाशन सराहनीय रहेको बताउनुभयो।

जीवलाल न्यौपाने प्रकाशक रहनुभएको १०४ पृष्ठको यस ‘सारगीता’ पुस्तकको सम्पादन साहित्य मन थाइल्याण्डले गरेको हो। पुस्तकभित्र पण्डित दशरथ घिमिरे र प्रकाशक न्यौपानेका विशेष धारणा समेटिएका छन्। पण्डित दशरथ घिमिरेले पुस्तकको प्राचीनता र भाषिक शैलीको विश्लेषण गर्दै यसमा प्रयोग भएका शब्द, गण र मात्राको बनोट हेर्दा यो कृति आदिकवि भानुभक्तको कालखण्ड वा सोभन्दा पनि अझै पूर्वकालको हुनसक्ने ऐतिहासिक सम्भावना औंल्याउनुभएको छ।

- Advertisement -
Ad imageAd image

प्रकाशक जीवलाल न्यौपानेले पुस्तकको विशेषताका बारेमा चर्चा गर्दै भन्नुभयो, “सबै गीताको सार निःस्वार्थ कर्म, समानताको भाव र ईश्वरप्रतिको समर्पण नै हो, तर ‘सारगीता’ मा यी गम्भीर विषयलाई निकै सरल र सर्वसाधारणले बुझ्न सक्ने गरी व्याख्या गरिएकाले यसको महत्त्व अझ विशेष रहेको छ।”

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त गरिमामय कार्यक्रमको कुशलतापूर्वक सञ्चालन रविचन्द्र अधिकारीले गर्नुभएको थियो। बैंककमा भएको यस पुस्तक लोकार्पणले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो धर्म, संस्कृति र साहित्यसँग जोड्न थप मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

सेयर: 50
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
2 km/h
आइत
19 °C
सोम
26 °C
मंगल
23 °C
बुध
25 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ