एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । उक्त रिट निवेदनमाथि मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गर्नुभएको छ । यसअघि पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा पर्दै आएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
28%
4 km/h
बुध
23 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ