काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालले राजनीतिक, आर्थिक र सामाजिक विकास गरिरहेको उल्लेख गर्नुभएको छ । मानव अधिकारको विश्वव्यापी प्रतिबद्धता थप बलियो र सुदृढ बनाउनुपर्ने चर्चा गर्दै कार्यक्रममा उपराष्ट्रपति यादवले भन्नुभयो, “मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसङ्गति, अन्याय, अत्याचार, भेदभाव, हिंसाविरोधी भावना आदि अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट भई अठोट र दृढसङ्कल्पसाथ अघि बढ्न अत्यन्तै आवश्यक छ,” उहाँले पछिल्ला वर्षमा मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लिखित प्रतिबद्धता, मर्यादा र अधिकारमा समानतामाथि निरन्तर प्रहार भइरहेको बताउनु भएको छ ।
थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सागर ज्ञवाली निर्वाचित
कोसामोइ (थाइल्याण्ड): थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन तथा नवनिर्वाचन सभा २२ फेब्रुअरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट सागर ज्ञवाली अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी सन् २०२६…

