काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालले राजनीतिक, आर्थिक र सामाजिक विकास गरिरहेको उल्लेख गर्नुभएको छ । मानव अधिकारको विश्वव्यापी प्रतिबद्धता थप बलियो र सुदृढ बनाउनुपर्ने चर्चा गर्दै कार्यक्रममा उपराष्ट्रपति यादवले भन्नुभयो, “मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसङ्गति, अन्याय, अत्याचार, भेदभाव, हिंसाविरोधी भावना आदि अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट भई अठोट र दृढसङ्कल्पसाथ अघि बढ्न अत्यन्तै आवश्यक छ,” उहाँले पछिल्ला वर्षमा मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लिखित प्रतिबद्धता, मर्यादा र अधिकारमा समानतामाथि निरन्तर प्रहार भइरहेको बताउनु भएको छ ।
नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसरः उपराष्ट्रपति यादव

प्रतिक्रिया
ट्रेन्डिङ
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…

