कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको अधिकारलाई बन्धकमा राखेर मुख्यमन्त्री पद लम्ब्याउनका लागि कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका प्रथम आवधिक योजनाको उपलब्धि सम्बन्धी समीक्षा कार्यक्रममा उहाँले सुशासनका निम्ति सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।
सुशासनका लागि संघीय सरकारसँग समन्वय र सघर्ष गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रथम आवधिक योजनाको चार वर्षमा कोशी प्रदेश सरकारले गरिबी निवारणमा लक्ष्य हासिल गर्न सफल भएको बताउनुभयो ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
1
+1
+1
+1
+1
+1
+1