काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले शिष्टाचार भेट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1