काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.कीर्तिपुरले सहकारीका विरुद्धमा विभिन्न सामाजिक सञ्जाल मार्फत भ्रम सृजना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले आज एक विज्ञप्ती जारी गर्दै पटक—पटक संस्थाका विरुद्धमा विभिन्न सामाजिक सञ्जालमार्फत भ्रण सृजना गर्ने, शेयर सदस्यहरुको मनोवल घटाउने जस्ता क्रियाकलाप भएको भन्दै ध्यानाकर्षण जनाउनुभएको हो । पछिल्लो समय देशमा आर्थिक तरलता बढ्दै जादा सहकारी संस्थाहरुमा देखिएको समस्यालाई मध्यनजर नगरि विभिन्न व्यक्तीहरुले व्यक्तीगत रिसिविका आधारमा समाजिक सञ्जाल मार्फत संस्थामाथि गम्भीर आरोप लगाउने गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दर्शनधारीले बताउनुभयो । संस्थाका अध्यक्ष दर्शनधारीले विज्ञप्ती मार्फत भन्नुभएको छ, ,“देशको अर्थतन्त्रको खम्बा मानिने सहकारीहरु अहिले आर्थिक तरलताको सामना गरिरहेका छन् । यस्तो अबस्थामा शेयर सदस्यहरुको रकम सुरक्षीत गर्ने कार्यमा हामी निरन्तर खटिएका छौं ।
तर, विभिन्न सामाजिक सञ्जाल मार्फत निरन्तर आक्रमण गर्ने, सञ्चालकहरुलाई धाक, धम्की तथा ज्यान मार्ने जस्ता धम्कीहरु दिने तथा सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप बढेको छ”यस्तो अबस्थामा म सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन चाहान्छु । विज्ञप्तीमा भनिएको,“ अहिले केही दिन देखि विभिन्न सामाजिक सञ्जालहरु जस्तै फेसबुक, टिकटकहरुमा नकारात्मक अफवाह फैलाइरहेकोमा यस संस्थाको ध्यानाकर्षण भएको छ । चरम आर्थिक संकट र तरलता अभावको अवस्थामा १५ देखि २० प्रतिशत तरलता बोकेर बसेको सहकारी संस्थामा एकै पटक निक्षेप फिर्ताको लागि चाप आउँदा सहकारी संस्था मात्र नभई ठूला बैंकहरुले समेत निक्षेप फिर्ता दिन नसक्ने परिस्थितिमा यस संस्थाबाट केही समय अघि सम्म शेयर सदस्य बचतकर्ताहरुलाई फिर्ता दिइरहेको कुरा यहाँहरुलाई अवगत नै होला । यसरी निक्षेप फिर्ता दिइरहँदा समेत व्यवस्थापक र कर्मचारीहरुले आफ्नो नजिकको सदस्यलाई मात्र निक्षेप फिर्ता दिइरहेको भन्ने आरोप र हल्ला सबै मिथ्या हुन्” । अध्यक्ष दर्शनधारीले सहकारी विभाग तथा सम्बन्धीत निकायको निर्देशन पालना गर्दै संस्थाले स्वेत पत्र जारी गर्दै शेयर सदस्यको चाहना अनुसार रकम फिर्ताको काम अघि बढेको समयमा व्यक्ती र राजनीतिक प्रतिशोध राख्दै पछिल्लो समय सामाजिक सञ्जालमा संस्था विरुद्ध भ्रम सृजना गर्नु जुन नेपालको कानुन र संविधान विरुद्धको कार्य हो । अध्यक्ष दर्शनधारीले भनेः “हाम्रा शेयर सदस्यको मनोवल गिराउन खोज्नु र सामाजिक सञ्जालमार्फत संस्था प्रति भ्रम फिजाउनु कानुन विपरित कार्य भएकाले आफुहरु कानुनी उपचारमा जान बाध्य हुने छौं”।
संस्थाको विज्ञप्ती
यस दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को बारेमा अहिले केही दिन देखि विभिन्न सामाजिक संजालहरु जस्तै फेसबुक, टिकटकहरुमा नकारात्मक अफवाह फैलाइरहेकोमा यस संस्थाको ध्यानाकर्षण भएको छ । चरम आर्थिक संकट र तरलता अभावको अवस्थामा १५ देखि २० प्रतिशत तरलता बोकेर बसेको सहकारी संस्थामा एकै पटक निक्षेप फिर्ताको लागि चाप आउँदा सहकारी संस्था मात्र नभई ठूला बैंकहरुले समेत निक्षेप फिर्ता दिन नसक्ने परिस्थितिमा यस संस्थाबाट केही समय अघि सम्म शेयर सदस्य बचतकर्ताहरुलाई फिर्ता दिइरहेको कुरा यहाँहरुलाई अवगत नै होला । यसरी निक्षेप फिर्ता दिइरहँदा समेत व्यवस्थापक र कर्मचारीहरुले आफ्नो नजिकको सदस्यलाई मात्र निक्षेप फिर्ता दिइरहेको भन्ने आरोप र हल्ला सबै मिथ्या हुन् । संस्थाबाट हामीले सम्पूर्ण सदस्यहरुलाई समानुपातिक रुपमा मिलाएर केही समय अगाडी सम्म निक्षेप फिर्ता दिइरहेका थियौँ ।
केही समय अघि सम्म संस्थामा गएर धाक धम्की दिइ निक्षेप फिर्ता दिन्छ भन्ने गलत मनस्थिति लिएर केही शेयर सदस्य बचतकर्ता महानुभावहरुले बचत फिर्ता लिएका पनि थिए सोहि मध्येका केही निक्षेपकर्ताहरुले मिति २०८०-०६-२१ गते कीर्तिपुर नगरपालिका सहकारी विभागमा संस्थामा बचत गरेको निक्षेप फिर्ता माग सहित लिखित रुपमा ३१ जना सदस्य भई उजुरी हाल्नुभएकोमा केही चरणको वार्ता पश्चात मिति २०८०-०६-२९ गते कीर्तिपुर नगरपालिका सहकारी शाखा प्रमुख बरिष्ठ अधिकृत श्री सुजिन्द्र महर्जनज्यूको रोहवरमा छलफल गर्दा संस्थाबाट निक्षेप फिर्ता गर्न आ.व. २०८०-८१ को मंसिर मसान्त भित्र स्वेतपत्र जारी गर्ने र बचत फिर्ताको कार्य योजना समेत जारी गर्ने र ३ वटा समिति बनाई सोको व्यवस्थापन गर्न प्रस्ताव हाम्रो संस्थाको तर्फबाट राखेका थियौँ । १.सम्पत्ति व्यवस्थापन समिति २. नगद व्यवस्थापन समिति ३. ऋण असुली समिति गरि यी ३ वटा समितिहरु गठन गरी समानुपातिक रुपमा ३१ जना सदस्य मात्र नभई संस्थाको १० हजार भन्दा बढी सदस्यहरुको निक्षेप फिर्ता गर्न प्रतिवद्ध रहेको भनि हाम्रो संस्थाको तर्फबाट वार्तामा प्रस्ताव पेश भएकोमा वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएको कुरा यहाँहरुलाई जानकारी गराउन चाहान्छौँ । कीर्तिपुर नगरपालिका सहकारी शाखामा ३१ जना सदस्यहरुबाट हालेको उजुरीको आधारमा कीर्तिपुर नगरपालिका सहकारी शाखाबाट मिति २०८०-०६-३० गते सिफारिस सहित बागमति प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय हेटौडाको सहकारी महाशाखामा पत्राचार गरेको र मिति २०८०-०७-२१ गते बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय हेटौडाको सहकारी महाशाखामा लिखित रुपमा सोही ३१ जना सदस्य मध्ये ४ जना सदस्यहरु दिलेश्वर महर्जन, साम्राज्यमान जोशी, अनिल बाढीका श्रेष्ठ र भुजनमान सिंह को निवेदन सहित बचत फिर्ता माग गर्दै पुनः उजुरी हाल्नु भएकोमा उक्त सहकारी महा शाखाबाट च.नं २३२ को निक्षेप बचत रकम फिर्ता सम्बन्धी जारी गरिएको पत्र प्राप्त भएको थियो । उक्त पत्रमा तोकिएको मिति २०८०-०८-१४ गते भित्र सहकारी महाशाखामा प्रति उत्तर पेश गर्नुपर्नेमा यस संस्थाबाट समय अगावै अर्थात मिति २०८०-०८-०८ गते शुक्रबार संस्थाका अध्यक्ष दिनेश दर्शनधारी, उपाध्याक्ष तारा तुलाधर, सचिव यशोदा राई ३ जनानै बागमति प्रदेश हेटौडाको महाशाखामा उपस्थित भई प्रतिउत्तर लिखित र मौखित रुपमा पेश गर्नुभएको थियो । सोही दिन नै यस संस्थाको हाल सम्मको असोज मसान्त सम्मको स्थितिलाई जानकारी गर्न स्वेत पत्र र बचत फिर्ताको कार्य योजना समेत बनाई बागमति प्रदेश सहकारी महाशाखामा बुझाइएको थियो ।
यस संस्थाबाट बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय हेटौडाको सहकारी महाशाखामा पेश गरिएकै स्वेत पत्रलाई सम्पूर्ण शेयर सदस्यज्यूहरुको जानकारीको लागि मिति २०८०-०८-२३ गते बाट संस्थाको वेवसाइट www.Darshansave.com बाट डाउन लोड गर्न मिल्ने गरि राखिएको र छपाई गरि संस्थाबाटै वितरण गरिरहेको समेत जानकारी गराउन चाहान्छौ । उक्त स्वेत पत्र र कार्य योजनामा स्पष्ट रुपमा संस्थाको हालको स्थिति विवरण पेश गरिसकेका छौँ र संस्थाबाट प्रवाह गरेको ऋण असुली नभएमा त्यसको सम्पूर्ण जिम्मा संचालक सदस्यहरुको रहने र सोको लागि संचालक समितिको सम्पत्ति समेत बिक्री गरी असुलउपरको प्रकिृया गर्न मन्जुर रहेको कुरा समेत स्पष्ट पारी सकेको जानकारी गराउन चाहान्छौँ ।
उजुरीकर्ताहरु ३१ जना भनेर उल्लेख भएतापनि कोही उजुरीकर्ता संस्थामा सदस्यता रहेको तर संस्थामा निक्षेप जम्मा नै नरही नाम मात्र उल्लेख भएको, कोहीको २-३ वटा आवधिक बचत रसिद भएर नाम दोहरिएको साथै एकाघर परिवारको निक्षेप जम्मा रहेको कारणले हामीले अध्ययन गर्दा जम्मा ८-९ परिवारबाट मात्र उजुरी परेको जानकारी सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई यसै विज्ञप्ती मार्फत गराउन चाहान्छौँ । संस्थामा उजुरीकर्ता सदस्यहरुबाट विभिन्न किसिमको धाक धम्की दिई विभिन्न बहाना बनाई ३१ जना सदस्यहरु मध्ये धेरैले पटक पटक गरी बचत फिर्ता लिइसकेपछि अलि अलि निक्षेप बाँकी हुँदा मात्र उजुरी हालेको र अरु सदस्यहरुलाई समेत धाक धम्की दिन सल्लाह दिने जस्ता कार्यहरु निरन्तर भई रहेको कारणले संस्थाबाट स्वेत पत्र जारी गरी समानुपातिक रुपमा निक्षेप फिर्ताको कार्ययोजना पेश गरेको जानकारी गराउन चाहान्छौँ ।
नियमित प्रकिृया अन्र्तगत संस्थाको तर्फबाट मिति २०८०-०८-०८ गते प्रति उत्तर बुझाइसेकपछि पुनः मिति २०८०-०८-२२ गते बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय हेटौडाको सहकारी महाशाखाबाट दुवै पक्षको उपस्थितिमा वार्ता गराउनको लागि मिति २०८०-०९-०२ गते हेटौडामा दुवै पक्षलाई बोलाएको अवस्थामा सोही पत्रलाई समेत सामाजिक संजालमा भाइरल गरी गैर सदस्य व्यक्तिहरुले अफवाह फैलाई संस्थालाई बदनाम गर्ने कार्य गरिरहेको हुँदा हाम्रो संस्था यस प्रति सचेत भएको छ । उजुरीमा हस्ताक्षर गर्नेले मात्र पैसा फिर्ता पाउने अन्यथा नपाउने जस्ता कुराहरु, वार्ताको दिन कुरा नमिलेमा संचालकहरु थुनामा पर्ने जस्ता झुठा अफवाह कुराहरु पmैलाई संस्थाका सदस्यहरुलाई भ्रम फैलाउने कुराहरु भइरहेको हुँदा यस्तो भ्रममा नपर्न सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई बिनम्र अनुरोध गर्न चाहान्छौँ साथै सो कुराहरुको बारेमा सत्य तथ्य बुझ्न फेसबुकमा भाइरल बनाइएको प्रदेश सहकारी महाशाखाबाट पे्रशित पत्रमा भएको फोन नम्बरमा सम्पर्क गरि सोधपुछ गर्न समेत सक्नुहुनेछ ।
यस संस्थाबाट संचालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापक सहित सम्पूर्ण डाटा लिएर दुई पक्षिय वार्ताको लागि मिति २०८०-०९-०२ गतेका दिन ३१ जना उजुरीकर्ताहरुको हाल सम्म संस्थामा भएको निक्षेपको विवरण, हाल सम्म उजुरीकर्ताहरुले फिर्ता लगिसकेको निक्षेपको विवरण र फिर्ता दिनुपर्ने बाँकी सम्पूर्ण डाटा समेत पेश गर्ने जानकारी गराउन चाहान्छौ ।
संस्थामा ८-९ परिवारले उजुरी हाली संस्थालाई धरापमा पारी संचालक समिति सदस्यलाई थुनामा हाल्नु पर्छ भन्ने मनसाय लिई हर सम्भव् प्रयासमा लागि पर्नुभएकोमा अझ बाहिरी गैह् सदस्यहरुले सहयोग गरिरहेको हुँदा यस्तो गतिविधिबाट कोही कसैको फाइदा नहुने र ३१ जना सदस्यकोमात्र नरही १० हजार सदस्यको निक्षेप धरापमा पर्ने देखिएकोले यस्तो क्रियाकलाप नगरी दिनुहुन सबैलाई बिनम्र अनुरोध गर्न चाहन्छौँ । हाम्रो दायित्व ३१ जना सदस्यहरुको मात्र नभई समस्त १० हजार भन्दा बढी सदस्यहरुको बचत सुरक्षाको हो सोही कारणले सम्पूर्ण शेयर सदस्य बचतकर्ता महानुभावहरुको साथ सहयोग को अपेक्षा गर्दछौँ । हाम्रो संस्थाले ऋणी सदस्यहरु र बचत कर्ता सदस्यहरु दुवैलाई एकै स्थानमा राखी ऋणी सदस्यको सम्पत्ति व्यवस्थापन गरि बचतकर्ता सदस्यको लेन देन मिलाउनको लागि ऋणी सदस्यको जग्गा जमिनहरु बचतकर्ता सदस्यहरुलाई पास गरी गराई हक हस्तान्तरण गरी हिसाब मिलाइरहेको समेत जानकारी गराउन चाहन्छौँ । स्वेत पत्र जारी पश्चात यही तरिकाबाट संस्थाबाट सदस्यहरुको ३ करोड भन्दा बढीको निक्षेप सुरक्षा गर्ने गरी सम्पत्ति व्यवस्था गरिसकेको र सोको जानकारी लिनुपरेमा कार्यालयमा सम्पर्क गर्नु हुन समेत सम्पूर्ण शेयरधनी महानुभावहरुलाई अनुरोध गर्न चाहन्छौँ ।
तसर्थ दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले सम्पूर्ण १० हजार भन्दा बढी सदस्यको निक्षेप सुरक्षित हुनु पर्छ भन्ने मान्यता राख्दछ । यसको लागि सम्पूर्ण संचालक सदस्यहरुको सम्पत्ति समेत सरकारलाई जिम्मा लगाई व्यवस्थापनको लागि दिन समेत संचालक सदस्यहरु तयार रहेको जानकारी गराउन चाहान्छौँ । यस संस्थाको सम्पूर्ण संचालक समितिका सदस्यहरु, व्यवस्थापकहरु साथै सम्पूर्ण कर्मचारीहरु प्रत्येक दिन कार्यालयमा उपस्थित भई सदस्यज्यूहरुसँग अहिलेको समस्या कसरी सामाधान गर्न सकिन्छ भन्ने बिषयमा दैनिक रुपमै छलफल गरी सोको भिडियो, फोटो, सि सि टिभी फुटेज तथा हाजिरी जनाई रहेकोमा समेत कुरा सबैलाई जानकारीको लागि अनुरोध छ । तर केही गैह् सदस्यहरुले भ्रम फैलाई संस्था बन्द रहेको र संचालक समिति सदस्यहरु सम्पर्क विहिन भएको भन्ने कुराहरु संस्था सँग सम्बन्धित नै नरहेको व्यक्तिहरुले यस संस्थालाई बदनाम गराई धरासायी बनाउन विभिन्न खालको कपोल कल्पित कुराहरु लेखी सामाजिक संजालमा हालेको देखिएको हुनाले यस्तो हल्लाको पछाडी नलागी संस्थामा आई संचालक , व्यवस्थापकहरु र कर्मचारीहरु सँग निरन्तर सम्पर्कमा रहनको लागि अनुरोध गर्दछौँ ।
सम्पूर्ण शेयर सदस्य बचतकर्ताहरुको बचत फिर्ता गर्ने दायित्व हाम्रो हो र हाल चरम आर्थिक अभावको कारण हाम्रो संस्था मात्र नभई सम्पूर्ण सहकारी क्षेत्रमै समस्या उत्पन्न भएको जगजाहेर नै छ । हाल कुनै पनि सहकारी संस्थाले सदस्यको माग अनुसार बचत फिर्ता गर्ने अवस्था नरहेको परिस्थितिमा सहकारी क्षेत्रलाई नै दुवाउनु पर्छ भनी लागिपरेका केही व्यक्तिहरुको स्वार्थले गर्दा कुनै पनि सहकारीमा कुनै पनि बेला समस्या उत्पन्न हुन सक्ने कारणले समस्त सहकारीकर्मीहरु समेत यस्ता कार्य प्रति सचेत रही साथ र सहयोगको अपेक्षा गर्दछौँ ।
अन्तमा सम्पूर्ण शेयर सदस्यहरु हाम्रो देवता हुन र तपाईहरुको निक्षेपको सुरक्षा संस्थाको उत्तरदायित्व हुन् भन्दै बजारमा फैलिरहेको नकारात्मक हल्लाको पछि नलाग्न हुन र बचत फिर्ताको लागि हर सम्भव प्रयासहरु गरिरहेको जानकारी गराउन चाहान्छौँ र सोको लागि हरेक दिन संचालक समिति सदस्यहरु संस्थामा उपस्थित रहेको र छलफलको लागि आलो पालो गरि समय मिलाई आउन हुनको लागि अनुरोध गर्दछौँ ।
जय सहकारी