साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनीहरूले पीडित ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरबमा जान एक लाख २५ हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ४० हजार रुपियाँ हुने भनी प्रलोभनमा पारी पटकपटक गरी एक लाख २५ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. ३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
82%
1 km/h
बिहि
16 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ