२३ औं आहारारा पोखरा गोल्डकपको उपाधि आर्मीलाई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १र१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । थ्रीस्टारका जीवन गुरुङले पेनाल्टी बक्सभित्र पुगेको बल क्लियर गर्ने क्रममा बाहिरिएसँगै मुख्य रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई कर्नरको संकेत गरे ।

उक्त कर्नर सिद्धान्त चौधरीले प्रहार गर्दै अनमार्क रहेका कप्तान जिलेप्सीजंग कार्कीलाई दिए । जिलेप्सीले हेड गर्दै बललाई जाली चुमाए, जसलाई विपक्षी गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् । खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ