पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इस्लामावाद, १२ असार (रासस/सिन्ह्वा) :

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया सहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ । मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ । —

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
43%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ