Ad imageAd image

एसइई नतिजा बिहिबार बिहान ९ बजे सार्वजनिक हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


१२ असार, काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि(बिहिबार) मात्रै सार्वजनिक गर्ने जनाएको छ।
आजै नतिजा प्रकाशित गर्ने भने पनि आन्तरिक तयारी नसकिएकाले भोलि मात्रै सार्वजनिक गर्ने निर्णय भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए।


आज बोर्ड बैठक बसेको थियो। ‘आजै नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी सकिएन,सबै काम सक्दा राति हुने भयो,त्यसैले भोलि मात्रै नतिजा सार्वजनिक हुन्छ,’उनले भने। उनले भोलि बिहान ७ बजे बोर्ड बैठक बोलाएको र करिब ९ बजे नतिजा प्रकाशित हुने जानकारी दिए।
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
96%
1 km/h
शुक्र
25 °C
शनि
25 °C
आइत
23 °C
सोम
24 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ