इजरायल-प्यालेस्टाइन युद्धको रिपोर्टिङ गर्ने ३ सञ्चारकर्मी सम्मानित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । इजरायल-प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।

महासंघले आफ्नो २७ औं महाधिवेशनको अवसरमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक कार्की, कान्तिपुरका फोटो सम्पादक तिमिल्सेना र कान्तिपुर टिभीका भिडियोग्राफर प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो । उनीहरूलाई सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्मानपत्र हस्तान्तरण गरेकी हुन् ।

इजरायल र हमासबीचको युद्ध चर्केको आठौ दिन कान्तिपुरले पत्रकार कार्कीको नेतृत्वमा तीन सदस्यीय टोलीलाई स्थलगत रिपोर्टिङ गर्न इजरायल पठाएको थियो । अक्टोबर ७ तारिख शनिबार बिहान हमासले इजरायलभित्र छिरेर आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी एक महिनाअघि मात्रै ‘लर्न एन्ड अर्न’ का लागि कृषि सिक्न र बुझ्न पुगेका सुदूरपश्चिमका १० जना कृषि विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरका विपिन जोशीलाई भने अझै हमासले बन्धक बनाइराखेको छ ।

जेरुसेलमस्थित सरकारी प्रेस कार्यालय (जीपीओ)का अनुसार युद्ध सुरु भएको पहिलो हप्ता नै स्थलगत रिपोर्टिङ गर्न नेपालबाट तीन पत्रकारसहित विश्वभरबाट दुई हजार ५० जना पत्रकार इजरायल पुगेका थिए । यो युद्धलाई इजरायलले ‘फलामको हतियार’ नाम दिइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ