Ad imageAd image

विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।

मुख्यमन्त्री सोडारीको विश्वासको मतका लागि शुक्रबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको हो।

सभामुख भीमबहादुर भण्डारीले प्राविधिक कारण आजको प्रदेश सभाको बैठक बस्न नसक्ने भन्दै प्रदेश सभाको बैठक स्थगित गरेको जानकारी दिनुभयो।

- Advertisement -
Ad imageAd image

एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरेको भन्दै तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने अडानमा बसेको छ।

एमालेले विश्वासको मत नदिएपछि बहुमत नपुग्ने हुँदा शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले शुक्रबार विश्वासको मत नदिने स्पष्ट पार्नुभएको थियो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
light rain
25° _ 25°
49%
2 km/h
शुक्र
24 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ