रामेछाप गोकुलगंगाको फर्पुमा पहिरोमा परी ३ जनाको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

११ साउन, काठमाडौं ।
रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए ।
राति स्थानीय र प्रहरीले पन्छाएर शवहरु बाहिर निकालेका थिए । तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्‍याउन नसकिएको इन्सपेक्टर न्यौपानेले बताए ।
स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
29%
4 km/h
बिहि
25 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ